झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार १९:१९

विराटनगर । झापामा ट्रकको ठक्करबाट आज (बुधबार) साँझ मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–१३ प्रगति सामुदायिक वनमा ना ३ ख २३५३ नम्बरको ट्रकले मे ८ प ६४९८ नम्बरको मोटरसाइकललाई साँझ ५ः३० बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा चालक अर्जुनधारा नगरपालिका–१० का अन्दाजी ६८ वर्षीय टंकप्रसाद बरालको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका बराललाई बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले साँझ ६ः२० बजेतिर मृत घोषित गरिदिएका हुन् । ट्रक र चालक पाँचथरको फिदिम नगरपालिका–११ का अन्दाजी ३८ वर्षीय ठालुप्रसाद एक्तेन (लिम्बू)लाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.