यस्तो छ आजको मौसम

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १८, बिहीबार ०६:३७

काठमाडौं । नेपालको मौसममा हाल पश्चिमी तथा स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै रहेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आज (बिहीबार) आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर दिउँसो आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी भू–भागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

देशको पहाडी भू–भागमा राति आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने अनुमान गरिएको छ । देशको पहाडी भू–भागका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका १–२ स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हावाहुरी, मेघगर्जन, चट्याङ र वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.