
काठमाडौं । डान्स गर्दै पेस्तोल पड्काएपछि जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादव विवादमा आएकी छन् । प्रहरीले उनलेे पड्काएकाे पेस्तोलका बारेमा अनुसन्धान अगाडि बढाएको छ।
पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी समेत रहेकी नेतृ डा. बबीले सप्तरी बोदेबर्साइनको एक विवाह समारोहमा पेस्तोल बोकेर डान्स गरेकी हुन् । डान्स गर्दै पेस्तोल पड्काएकी थिइन् ।
उनको सो भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो भाइरल भएपछि नेतृ डा. बबीले ‘खेलौना पेस्तोल’ रहेको दाबी गरेकी छन् ।
सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले पेस्तोलबारे अनुसन्धान गर्न नेतृ डा. बबीलाई बोलाएको बताए ।

























