मोरङको सुन्दरहरैँचामा घरको छतबाट खसेर वृद्धको मृत्यु

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १८, बिहीबार १२:५३

विराटनगर । मोरङको सुन्दरहरैँचामा घरको छतबाट खसेर आज (बिहीबार) बिहान १ जना वृद्धको मृत्यु भएको छ ।

सुन्दरहरैँचा नगरपालिका–५ मा आफ्नै ३ तले घरको छतबाट खसेर ८७ वर्षीय प्रमानन्द रूपाखेतीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान ५ बजेतिर छतबाट भुइँमा खसेर रूपाखेतीको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.