लगानी सम्मेलनले समृद्धिको ढोका खोल्नेछ : प्रधानमन्त्री ओली

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १८, बिहीबार १३:१४

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशको लगानी सम्मेलनले समृद्धिको ढोका खोल्ने बताएका छन् ।

काेशी प्रदेश लगानी सम्मेलनको बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । लगानी सम्मेलनले लगानी सम्बन्धी छलफल र नयाँ लगानी भित्रिने अपेक्षा राखेको उनले बताए ।

उनले देशमा लगानीमैत्री वातावरण रहेको बताए । उनले नेपालमा लगानीकाे अनुकूल वातावरण रहेका कारण लगानी गर्न सबैलाई आग्रह गरे ।

काेशी प्रदेशमा यातायात पूर्वाधार पर्याप्त रहेका कारण उद्याेगबाट उत्पादित सामग्री बजारीकरणका लागि समस्या नरहेकाे प्रधानमन्त्री ओलीले बताए । हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग, मदन भण्डारी मार्गसहित पर्याप्त सडक सञ्जाल रहेका कारण बजारीकरण गर्न सहज हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.