
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदीबाट गायत्री मन्त्रकाे उत्पन्न भएको बताएका छन् । कोशी प्रदेश लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गायत्री मन्त्र हिन्दु धर्मावम्बीहरुले प्रयोग गर्ने मन्त्र हो । यसलाई प्रभावशाली मन्त्र मानिन्छ ।
प्रधानमन्त्री ओलीले यो मन्त्र कोशी नदीमा बसेर ऋषि विश्वामित्रले रचना गरेको दाबी गरे । ‘मन्त्रहरुको पनि मन्त्र महामन्त्र जसलाई भनिन्छ गायत्री मन्त्र,’ गायत्री मन्त्र बाचन गर्दै ओलीले भने,‘ यहीँ कोशी किनारमा रचना भएको हो, महर्शी ऋषी विश्वमित्राले रचना गर्नुभएको हो ।’

























