नागरिकको सम्मान देशको समृद्धिसँग जोडिएको छ : अध्यक्ष केसी

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १८, बिहीबार १४:५८

विराटनगर । गैर आवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष बद्री केसी देश समृद्ध नभए नागरिकले सम्मान नपाउने बताएका छन् । कोशी प्रदेशको लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले विदेशी मुलुकमा नागरिकको सम्मान सम्बन्धित देशको समृद्धिसँग जोडिने बताएका हुन् ।

देशबाट सम्भावना खोजीका लागि विदेश जानु परेको बताउँदै उनले एनआरएनको उदेश्य विदेशको आम्दानी देशमा लगानी गर्ने रहेको बताए ।

उनले कोशी प्रदेशमा लगानीको राम्रो वातावरण रहेको बताए । कोशी प्रदेश आफूले पनि लगानी गरेको उनले बताए ।

प्रदेशले सोकेसिङ गरेका केही योजना गैर आवासीय नेपालीले लगानी गर्ने बताए । गैर आवासीय नेपालीहरु कोशी प्रदेशमा लगानी गर्न तयार रहेको बताउँदै उनले लगानीको पर्याप्त सम्भावना र अवसर रहेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.