कोशीले राम्रो सन्देश दिएको छ : मुख्यमन्त्री सिंह

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १८, बिहीबार १५:२४

विराटनगर । कोशी प्रदेशले देशमा ठूलो परिवर्तनको सन्देश दिएको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताएका छन् ।

प्रदेश सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लगानी सम्मेलन आयोजना गरेर प्रदेश सरकारले देशमा नयाँ सन्देश दिएको बताएका हुन् ।

उनले नेपालमा पर्यटनको सम्भावना धेरै भएकाले पर्यटकीय क्षेत्रको ब्राण्डिङ गर्नुपर्ने बताए ।

नेपालका पर्यटकीय क्षत्रका विषयमा छिमेकी देशमा प्रचारप्रसार गरी पर्यटकलाई आमन्त्रण गर्न सकिने उनले बताए । उद्योग सञ्चालनका लागि नेपालमा पर्याप्त अवसर र लगानीको वातावरण रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.