
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले केही काम गर्न नसकेको आरोप लगाएका छन् । केही गर्न नसकेका कारण सरकार असफल भएको उनको टिप्पणी छ ।
नेपाल प्रेस युनियन नवलपुरले शनिबार कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले वर्तमान सरकार जनताको भावना अनुसार अघि बढ्न नसकेको उल्लेख गरको हुन् । सरकार सत्ता जोगाउनेमा अल्झिएकाले प्रतिबद्धता अनुरूप अघि बढ्न नसकेको उनको आरोप छ ।
सरकारले जनतालाई सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाह दिने वाचा गरेपनि अहिले सबै बिर्सिएको उनको भनाइ छ । नेता कोइरालाले सरकार भ्रष्टाचार नियन्त्रणमा पूर्णरूपमा असफल भएको भन्दै ९ महिनामा जनताले कुनै परिवर्तनको अनुभूति गर्न नसकेको टिप्पणी गरे।
सरकारले भ्रष्टाचार गर्नेहरूलाई कारबाही गर्नुको सट्टा संरक्षण गरिरहेको उनको आरोप छ । कांग्रेस नेता कोइरालाले सबैखाले भ्रष्टाचारको छानबिनमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। भ्रष्टाचार छानबिनमा गम्भीर नभए सरकारकै भूमिकामा प्रश्न उठ्ने उनको भनाइ छ ।
























