ताप्लेजुङमा करेन्ट लागेर १ जनाको मृत्यु

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २०, शनिबार १६:२३

ताप्लेजुङ । ताप्लेजुङ मेरिङदेनको एउटा हाइड्रोपावरमा करेन्ट लागेर १ जना मजदुरको मृत्यु भएको छ ।

इलामको माई नगरपालिका –१ बतासे घर भएका २४ वर्षीय खगेन्द्र राईको हाइड्रोपावरमा काम गर्ने क्रममा ‘थ्री फेज’ तारमा करेन्ट लागेर मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।

मेरिङदेन गाउँपालिका –३ खाम्लुङमा रहेको युनाइटेड हाइड्रोपावर अन्तर्गत रामेछाप कन्ट्रक्सनको आउटलेट साइड प्लान्टको लेबर क्याम्प बनाउने क्रममा अचानक फलामको रडले ‘थ्री फेज’ तारमा टाँसिएर करेन्ट लागी राई घाइते भएका थिए ।

करेन्ट लागेर घाइते भएका राईलाई तत्कालै उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान थालको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.