गृहमन्त्रीले प्रहरीलाई भने – यत्तिले पुगेन…

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २१, आइतबार १२:४७

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अपराधका नयाँ आयामहरू थपिएको भन्दै नयाँ तरिकाले अपराध अनुसन्धानको दायरा विस्तार गर्न निर्देशन दिएका छन् ।

आइतबार काठमाडौंमा नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अपराध अनुसन्धानको दायरा विस्तार गर्न निर्देशन दिएका हुन् ।

उनले नेपाल प्रहरीले अहिले गरिरहेको अपराध अनुसन्धानले मात्रै नपुग्ने भन्दै अझै अनुसन्धानको दायरालाई फराकिलो बनाइ शान्ति सुरक्षा कायम गर्नुपर्ने बताए ।

उनले २५-३० वर्ष पहिलाको भन्दा अहिले धेरै राम्रो रहेको भएपनि पछिल्ला समयमा आएका नयाँ अपराधका आयामहरूका अनुसार अनुसन्धानमा पनि नयाँ प्रविधिको माध्यमबाट पहुँच बढाउनुपर्ने बताए। नेपाल प्रहरी कानून कार्यान्वयनको महत्वपूर्ण माध्यम भएकाले समयानुसार अघि बढ्न सक्नुपर्ने उनको भनाइ छ ।

गृहमन्त्री लेखकले सुरक्षामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न थप परिस्कृत बन्नुपर्ने जरूरी रहेको जिकिर गरे ।

समाजमा दिन प्रतिदिन रूपान्तरण भइरहेको र प्रगतितर्फ अघि बढिरहेको भएपनि त्यसमा अपराधिक क्रियाकलापको संख्या पनि बढ्दै गएको उनकाे भनाइ छ । अवसर र सम्भावनासँगै चुनौति, जोखिम उत्तिकै रहेको गृहमन्त्री लेखकको भनाइ छ । त्यसलाई नियन्त्रण गर्न नयाँ तौर तरिकाहरू सिक्न जरूरी रहेको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.