
काठमाडौं । हुलाकी राजमार्ग केन्द्रीत तराई–मधेस जागरण अभियान सम्पन्न गरेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले जेठ २ गतेबाट मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु गर्ने भएको छ ।
फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ कञ्चनपुरमा पुगेर समापन गरेको थियो ।
आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले हुलाकी राजमार्ग केन्द्रीत अभियान सफल भएको निष्कर्ष निकाल्दै जेठ २ गतेबाट मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्ने निर्णय गरेको प्रवक्ता अग्नीप्रसाद सापकोटाले जानकारी दिए ।
























