शिक्षक काममा फर्किएपछि सुरु भयो एसईईको उत्तरपुस्तिका परीक्षण

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २१, आइतबार १८:५७

काठमाडौं । २९ दिन लामो आन्दोलन पछि काममा फर्किएका शिक्षकले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सुरु गरेका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार
शनिबारदेखि एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको हो ।

परीक्षा नियन्त्रक डाक्टर गणेशप्रसाद भट्टराईका अनुसार देशभर ५० वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण थालिएको छ ।

यसअघि तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक गर्ने तयारी थियो । तर, शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको थियो ।

गत चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.