
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्रीका संक्रमणकालीन न्यायसम्बन्धी विज्ञ सल्लाहकार अग्नि खरेलका अनुसार दुई नेताबीच संक्रमणकालीन न्यायलाई चाडै टुंगो लगाउने विषयमा छलफल भएको हो ।
माओवादीका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री ओली र प्रचण्डबीचको छलफल सकारात्मक भएको बताए । संक्रमणकालीन न्यायसम्बन्धी अधुरा कामहरू टुंग्याउने प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको उनले बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आइतबार छलफल भएको थियो । छलफलमा खरेल र पुन सहभागी थिए ।
























