मौसमी प्रणालीको सक्रियताले ५ प्रदेशमा वर्षाको सम्भावना

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २२, सोमबार ०६:१०

काठमाडौं। देशभर हाल ३ वटा मौसमी प्रणाली सक्रिय रहेको छ । मौसमी प्रणालीको सक्रियताले विभिन्न ५ प्रदेशमा वर्षाको सम्भावना छ ।

पश्चिमी तथा स्थानीय वायु र बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव मुलुकभर परेको छ । जसको प्रभावका कारण कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज (सोमबार) बिहानैदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।

लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका १–२ स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ । देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपात हुनसक्ने सम्भावना छ ।

जसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार मुलुकमा ३ वटा मौसमी प्रणाली केही समयसम्म सक्रिय रहने पूर्वानुमान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.