राँके–रवि–भेडेटार सडकको काम सुस्त भयाे : सुहाङ नेम्वाङ

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २२, सोमबार १३:१३

विराटनगर । । नेकपा एमालेका युवा नेता तथा सांसद सुहाङ नेम्वाङले राँके–रवि–भेडेटार सडकको कालोपत्रे कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेम्वाङले भने, ‘पूर्व भौतिक मन्त्री वसन्तकुमार नेम्वाङको निरन्तर पहलबाट २०७५ सालमा ठेक्का प्रक्रिया सम्पन्न भई शिलान्यास गरिएको उक्त सडक पाँचथर, इलाम, धनकुटा र मोरङ जिल्लालाई सञ्जालमा जोड्ने महत्त्व राख्छ ।’

त्यस्तै उनले पाँचथर जिल्लाको गौरवको विषय बन्न सक्ने फिदिम रङ्गशाला, २०७७ मा शिलान्यास भएको, तर अहिले सम्म पनि पूर्णता पाउन सकेको नसकेको भन्दै त्यसले जिल्लाको खेलकुद विकास र युवाको ऊर्जाशील समयको सदुपयोग हुन नसकेको गुनासो गरे ।

साथै उनले बाढीले फेमे खोलाको पक्की पुल बगाएपछि अहिले पनि अवस्था बिग्रिएको फालेलुङ गाउँपालिका र फिदिम नगरपालिका अन्तर्गतका ३ वडाका बासिन्दाले बर्खामा थप कष्ट भोग्नुपर्ने अवस्था रहेकाले समस्या समाधानका लागि आग्रह गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.