
विराटनगर । संसदीय समितिले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूटमा अध्ययनरत नेपाली विद्यार्थी प्रिशा साहको रहस्यमय मृत्युको घटनाको सत्य तथ्य सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले कलिंगा इन्स्टिच्युट नेपाली विद्यार्थीको रहस्यमय मृत्युको घटना दोहरिएको भन्दै उक्त घटनाको सत्य तथ्य सार्वजनिक गर्दै दोषी उपर कडा कारबाहीको पहल गर्न सरकारलाई निर्देशन दिएको हो ।
साथै बैठकले आगामी दिनमा यस प्रकारका घटना दोहरिन नदिनका लागि सजगता अपनाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिइएको सभापति अम्मर बहादुर थापाले जानकारी दिए । बैठकले प्रिशा साहको मृत्युप्रति दु:ख प्रकट समेत गरेको उनले बताए ।























