झापामा टिपर, कार र मोटरसाइकल ठोक्किएर दुर्घटना

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २२, सोमबार १९:२४

विराटनगर । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–५ पाडाजुँगीमा सोमबार साँझ टिपर, कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको ना १ क ७६७६ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको को १ च ७९६९ नम्बरको कार तथा सोही कारको पछाडि रहेको प्रदेश १–०१–०१६ प ४३९२ नम्बरको मोटरसाइकल ठोक्किएर साँझ ५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा कार चालक सुनसरीको धरान उपमहानगरपालिका–११ का ६८ वर्षीय जीवनकुमार विश्वकर्मा, कारमा सवार इटहरी उपमहानगरपालिका–८ का ५३ वर्षीय राजु गहतराज र ३१ वर्षीय भीम गहतराज तथा मोटरसाइकल चालक कमल–६ का १८ वर्षीय सोहित भुजेल घाइते भएका छन् ।

घाइतेमध्ये सोहितको अवस्था समान्य छ । अरु ३ जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि विराटनगरतर्फ पठाइएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार दुर्घटनामा परेका ३ वटै सवारीसाधन र टिपर चालक मोरङको बेलबारी नगरपालिका–११ का ३२ वर्षीय अरुण कटुवाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.