उदयपुरमा जन्तीलाई ट्याक्टरले ठक्कर दियो, एक जनाको मृत्यु,एक जना घाइते

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २३, मंगलबार ०६:०४
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

उदयपुर । उदयपुरमा ट्याक्टरले ठक्कर बेहुली लिएर फर्कदै गरेका जन्ती गएका एक जना मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा सोमबार साँझ ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेका एक जनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ठक्करबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ४० वर्षीया गीता परियारको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २३ वर्षीय योजन राई घाइते छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कदै गरेको बस उदयपुरको चौनपा–४ बर्खेडाँडाको सडकमा रोकिएको थियो।

जन्तीहरू होटलमा खाजा खाएर फर्किने क्रममा पछाडिबाट आइरहेको ना ३ त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

जन्तीलाई ठक्कर दिने ट्याक्टर चालक उदयपुरको चौदण्डीगढी नगरपालिका– ४ का ३० वर्षीया विजय विकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.