ताेलामा ५ हजार ३०० ले बढ्याे सुनकाे मूल्य

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २३, मंगलबार ११:०७

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेकाे छ । सोमबारको तुलनामा मंगलबार तोलामा ५ हजार ३०० रुपैयाँ बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.