यूएईमा पुगे ६ लाख नेपाली

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २३, मंगलबार १३:५३

काठमाडौं । रोजगारीका लागि खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) पुग्ने नेपालीको संख्या ६ लाख पुगेको छ । श्रम स्वीकृति लिएर काम गर्ने नेपालीको संख्या ६ लाख पुगेको हो ।

‘नेपालीका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकको रूपमा रहेको यूएईमा करिब ६ लाख नेपालीले श्रम स्वीकृति लिएर काम गरिरहेको अनुमान छ,” यूएईको अुबुधाबीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो भनेको नेपालको कुल जनसंख्याको २.०५ प्रतिशत हो । राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ ।

पछिल्ला वर्ष वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट सबैभन्दा ठूलो संख्यामा युवाहरू यूएई जाने गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.