दक्षिण कोरियाको टोली विराटनगरमा

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २३, मंगलबार १६:५२

विराटनगर । दक्षिण कोरियाको द होप सेन्टरको टोलीले विराटनगर महानगरपालिकाको टोलीसँग भेटघाट गरेको छ । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको टोलीले प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलसँग भेटघाट गरेको हो ।

किम जोङथेकको नेतृत्वमा आएको कोरियाली टोलीले महानगरको शिक्षा र स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको थियो ।

टोलीले आगामी दिनमा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधारसँगै गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक र खेलकुद सामग्रीसँगै आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

दुई दशकदेखि कोरियामा व्यवसायसँगै समाजसेवामा सक्रिय नवराज शिवाकोटीको समन्वयमा आएको द होप सेन्टरको टोली र महानगरबीच आगामी दिनमा शिक्षा र स्वास्थ्यमा सहकार्य गर्ने सहमति भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.