कोशीको बजेट अधिवेशन आह्वान

Share this
789shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २४, बुधबार ११:४३

विराटनगर । काेशी प्रदेश सरकारले काेशी प्रदेश सभाको बजेट अधिवेशन जेठ ४ गतेबाट आह्वान गर्ने निर्णय गरेकाे छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन जेठ ४ गते दिउँसो २ बजेबाट आह्वान गर्ने निर्णय गरेको हो ।

प्रदेश मन्त्रीपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ । मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेशसभा बैठक आह्वानको लागि सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.