
विराटनगर । सम्तकोशी नदीमा हामफालेरका १ जना पुरुषको मृत्यु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका –१ का ५२ वर्षीय मकरजंग राईको सप्तकोशी नदीमा हामफालेर मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।
उनका अनुसार मंगलबार राईले उदयपुरको बेलका नगरपालिका– ८ कोठुस्थित सप्तकोशी नदीमा पुलबाट हामफालेका थिए ।
पुलबाट नदीमा हामफालेकाे खबर पाउनासाथ तत्कालै प्रहरीको टोलीले राईलाई नदीबाट झिकेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाएको थियो ।
तर, राईको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























