
विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशका चार जिल्लाको अधिवेशन मिति तोकेको छ । कोशी प्रदेशका धनकुटा, सङ्खुवासभा, मोरङ र सुनसरी जिल्ला समितिको अधिवेशन मिति तोकेको हो ।
मोरङ जिल्ला अधिवेशन विराटनगरस्थित मारवाडी सेवा सदनको सभा हलमा वैशाख २९ र ३० गते हुनेछ ।
सुनसरीको अधिवेशन इनरुवास्थित सत्यनारायण मन्दिरमा वैशाख ३० र ३१ गते हुनेछ ।
धनकुटा जिल्ला समितिको अधिवेशन वैशाख २६ गते हुनेछ । बैशाख २७ गते खाँदबारीस्थित होराइजन होटलको सभाहलमा सङ्खुवासभा जिल्ला समितिको अधिवेशन हुनेछ ।
























