
विराटनगर । जनता समाजवादी पार्टी नेपालको प्रथम मोरङ जिल्ला अधिवेशन वैशाख २९ र ३० गते हुने भएको छ ।
विराटनगरको मारवाडी सेवा सदनमा हुने अधिवेशनमा ६ सय प्रतिनिधि र ५० परिवेक्षक सहभागी हुनेछन् ।
जनता समाजवादी पार्टी नेपाल मोरङले बिहीबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले मोरङ अधिवेशनको उद्घाटन गर्ने जानकारी दिएको छ ।
मोरङ अध्यक्ष राजकुमार यादवले अधिवेशनबाट ५१ सदस्यीय मोरङ जिल्ला समिति गठन चयन हुनेछ ।(
























