
काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा पुगेर भेटवार्ता गरेका हुन् ।
प्रचण्डको सचिवालयले भेटवार्ताको तस्वीर सार्वजनिक गरेको छ । भेटवार्ताको विवरण खुलाएको छैन । कोश्यारी नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)का भारततर्फका संयोजक हुन् । धार्मिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आएका थिए ।
























