भारत पाकिस्तान तनावपछि नेपाल तर्फको सीमामा कडाई

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २५, बिहीबार २०:१२

काठमाडौं । भारत–पाकिस्तानबीच अघोषित युद्ध सुरु भएपछि नेपालले सीमा क्षेत्रमा कडाइ गरेको छ । क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले भारतर्फका सीमा क्षेत्रहरुमा कडाई गरेको हो ।

सशस्त्र प्रहरीले १ हजार ८४४ स्थानमा चेकप्वाइन्ट राखेर जाँच गरिरहेको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार पछिल्लो ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा पेट्रोलिङ गस्ती गरिएको छ ।

वैशाख २३ गते बिहानदेखि बिहिबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २ सय २८ वटा एकल पट्रोलिङ गरिएको उनले बताए ।

सीमा इलाकाका १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट पनि राखेको सशस्त्रले बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.