
विराटनगर । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी विनोद घिमिरेको स्वास्थ्यमा सुधार हुँदै आएको छ ।
बिहीबार दिउँसो २ बजेतिर जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको परिसरमा मोरङ मातहतका सबै पोस्ट इञ्चार्जहरुलाई आवश्यक ब्रिफिङ तथा निर्देशन दिन सुरु गरे लगत्तै एक्कासि भुइँमा लडेर बेहोस भएका थिए ।
तत्कालै विराट नर्सिङमा उपचारका लागि लगिएको थियो । विराट नर्सिङ होममा उपचार गराइरहेका एसपी घिमिरेको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको ट्राफिक प्रहरीले जनाएको छ ।























