
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले भारतको पक्षमा उभिएको छ । कांग्रेसले आतंकावादविरुद्ध भारतले पाकिस्तामा गरेको आक्रमणलाई जायज भएको बताएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले कांग्रेस आतंवादको विरुद्धमा रहेको बताए । आतंकवादको विरुद्धमा हुने कारबाहीलाई पार्टीले जायज रुपमा लिएको महतले बताए ।
‘अहिले युद्धको स्थिति सिर्जना भएको छ, आतंवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानको तर्फबाट पनि जवाफी आक्रमण भएको छ,’ उनले भने,‘ यो युद्धको रुपमा परिणत नहोस् भन्ने पक्षमा छौं । हामी आतंवादको खिलापमा छौं ।’
























