लैंगिक हिंसा सम्बन्धी कानुनका लागि सुझाव संकलन

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २६, शुक्रबार १९:५२

विराटनगर । लैंगिक हिंसाविरुद्धको राष्ट्रिय कार्य योजना निर्माणका लागि सरोकारवालाहरूसँग सुझाव संकलन सुरु गरेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी लैंगिक हिंसाका कानुनमा भएका समस्या र यसको कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउने भनेर छलफल तथा सुझाव संकलन गरेको हो । ७ वटै प्रदेशमा सुझाव संकलन गरिने बताइएको छ ।

लैंगिक हिंसा सम्बन्धी कानुनमा छरिएर रहेका विषय वस्तुलाई एकीकृत गरेर यसको कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयले सरोकारवाला सबै निकायहरूसँग सुझाव संकलन सुरु गरेको मन्त्रालयकी सहसचिव आभा श्रेष्ठ कर्णले जानकारी दिइन् ।

उनले मन्त्रालयले लैंगिक हिंसाविरुद्धको राष्ट्रिय कार्य योजना सम्बन्धी जिरो ड्राफ्ट निर्माण गरेको बताइन् ।

राष्ट्रिय कार्य योजना सम्बन्धी जिरो ड्राफ्टलाई अन्तिम रुप दिन प्रदेश र स्थानीय तहमा लैंगिक हिंसा निवारणको क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी क्षेत्रका सरोकारवालाहरूसँग सुझाव संकलन सुरु गरेको उनले भनिन् ।

लैगिंक  हिंसा सम्बन्धी नेपालमा भएका सबै कानुनहरूको कार्यान्वयनलाई प्रभावकारी बनाउन यो कार्य योजना निर्माण सुरु गरिएको सहसचिव कर्णले बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.