माेरङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २८, आइतबार ०६:३५
फाइल फाेटाे

विराटनगर । मोरङ ग्रामथान गाउँपालिका– २ बतराहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार बेलुका आरएमसी ईंटा उद्याेगबाट ईंटा लोड गरी निस्किएको को १ त ७४२५ नम्बरको ट्रयाक्टर खेतमा दुर्घटना हुँदा ट्याक्टर चालक कटहरी गाउँपालिका– ५ बस्ने २० वर्षीय राहुल सरदार मृत्यु भएको हो ।

प्रहरीका अनुसार खेतमा फसेको ट्याक्टरलाई ईंटा उद्याेग कै ३७०१ नम्बरको जेसीबीले पछाडिबाट धकेल्दा ट्याक्टरको इन्जिनको भाग उठेर ईंटा लोड गरेको डालीमा ठोक्किएको थियो । सो क्रममा चालक गम्भीर घाइते भएका थिए । उपचारका लागि कोशी अस्पताल ल्याए लगतै चिकित्सकले मृत घोषित गरेका थिए । दुवै सवारी चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.