दमकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २८, आइतबार ०६:४४
फाइल फाेटाे

विराटनगर । झापाको दमक नगरपालिका– १ मा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

दमकको रबि स्ट्याण्ड गेट नजिकै बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगी तर्फ जाँदै गरेको मे ८ प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा स्कुटर चालक ताप्लेजुङको दोभान बस्ने २२ वर्षीय अंकित लिम्बुको घटनास्थलमै मृत्यु भएको हो ।

स्कुटर पछाडी सवार पाचँथरको मिक्लाजुङ गाउँपालिका– ४ की ४२ वर्षीया सृजना राई गम्भीर घाइते भएकी छन् ।

उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । दुर्घटनाकाे कारण खुलेकाे छैन । ट्रक चालक भने फरार छन् । ट्रक नियन्त्रणमा लिएर प्रहरीले चालककाे खाेजी गरिरहेकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.