
चितवन । सडकमा ट्रक पल्टिएका कारण मुग्लिन–नारायणगढ सडक बन्द भएको छ । सो सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा यातायात अवरुद्ध भएको हो ।
वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिएको थियो ।
कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुबैतर्फ बाटो अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

























