अत्यावश्यक लाइसेन्स छपाइ बन्द

Share this
754shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २८, आइतबार १६:२५

काठमाडौं । यातायात व्यवस्था विभागले अत्यावश्यक लाइसेन्स छपाइ बन्द गरेको छ । प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि यो सेवा बन्द गरिएको जनाइएको छ ।

विभागले आज (आइतबार) सूचना जारी गर्दै यस्तो सेवा बन्द गरिएको जानकारी गराएको छ ।

विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनमा जाने नेपाली सेना, प्रहरी र गैरआवासीय नेपालीका लागि अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ हुँदै आएको थियो ।

यो काम अब अर्को सूचना प्रकाशन नभएसम्म बन्द भएको विभागको सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.