संक्रमणकालीन न्याय सम्बन्धी आयोगको पदाधिकारी सिफारिस

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २८, आइतबार १७:२०

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरूको नाम सिफारिस भएको छ । सरकारले गठन गरेको सिफारिस समितिले दुई आयोगमा रहने पदाधिकारीको नाम सिफारिस गरेको हो ।

सिफारिस समितिका संयोजक समेत रहेका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रले ‘समितिले नाम सिफारिस गरेको बताए । तर उनले नाम खुलाउन चाहेनन् ।

स्रोतका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौलाको नाम सिफारिस भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.