दुवै सदनबाट पारित भयो नीति तथा कार्यक्रम

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २८, आइतबार १९:०२

विराटनगर । आर्थिक वर्ष २०८२/ ८३ का लागि संघीय सरकारले ल्याएको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएको छ ।

आइतबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकले आगामी आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

गत १९ वैशाखमा बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यसमाथि प्रतिनिधिसभामा २२ वैशाखदेखि सुरु भएको छलफल शुक्रबार सकिएको थियो ।

छलफलको क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमाथि आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए । जवाफपछि नीति तथा कार्यक्रम पारित भएको थियो । आजै बसेको राष्ट्रियसभाको बैठकले पनि बहुमतका आधारमा नीति तथा कार्यक्रम पारित गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.