भारतीय राजदूतले आतंकवादी हमलामा मारिएका न्यौपानेको परिवारलाई भेटे

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २९, सोमबार ०८:१६

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पहलगाममा भएको आतंकवादी हमलामा मारिएका नेपालका सुदीप न्यौपानेको परिवारलाई भेटेका छन् ।

राजदूत श्रीवास्तवले आइतबार परिवारलाई भेटेर हार्दिक समवेदना व्यक्त गरेका हुन् ।

भेटमा उनले पीडित परिवारलाई आतंकवाद विरुद्धको लडाईंमा र पहलगाम आतंकवादी हमलाका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन भारत सरकारको दृढ प्रतिबद्धता रहेको आश्वासन दिएको भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

गत २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.