धनुषामा बिहेभोज खाँदा जन्ती बिरामी

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २९, सोमबार १५:४३

जनकपुरधाम । धनुषामा बिहे भोज खाँदा एक सय बढी बिरामी भएका छन् । धनुषाको मिथिला विहारी नगरपालिका– ८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित सय जना भन्दा बढी बिरामी भएका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार राति जनकपुर उपमहानगरपालिका– २३ बिन्धीबाट ठेरा कचुरीमा जन्ती पुगेको थियो ।

स्वयम्बर सकिए लगतै खाजामा बुनियाँ, रसबरीलगायतका मिठाइ खुवाइएको थियो । खाजा खाएलगतै पेट दुख्ने, बान्ता हुने समस्या देखिएको थियो । बिरामी मध्ये ४५ जना भन्दा बढी प्रादेशिक अस्पतालमा भर्ना भएको र अन्यको नजिकको क्लिनिक तथा अन्य अस्पतालमा उपचार भइरहेको प्रमुख यादवले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.