दुर्घटनामा दम्पतीको मृत्यु

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २९, सोमबार १७:५८

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० तिमिलेमा सवारी आज (सोमबार) अपराह्न दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ । प्रहरीका अनुसार लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको स्कोरपियो कार दुर्घटना भएको हो ।

सानीभेरी–१० सार्कीमारे घर भई दाङमा बस्दै आएका ५० वर्षका नरबहादुर ओलीको घटनास्थालमै र उनकी श्रीमती ४४ वर्षकी लीला ओलीको उपचारका लागि चौरजहारीतर्फ लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो ।

रुकुम पश्चिमका जिल्ला प्रहरी प्रमुख डीएसपी प्रमेश विष्टका अनुसार नरबहादुरकी माइली आमा र चालक गम्भीर घाइते भएका छन् । उनीहरुलाई चौरजहारीको मिसन अस्पतालमा पुर्याइएको छ ।

दाङबाट कुलपूजामा सहभागी हुन गाउँ आएका चालकसहित ४ जना सवार स्कोरपियो आज दिउँसो २ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.