बाढीले बगायो डाइभर्सन, बीपी राजमार्ग अवरुद्ध

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २९, सोमबार २२:१९

काठमाडौं । वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ ।

रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती खोलाले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार पूर्वबाट आइरहेका सवारीलाई खुर्कोट र नेपालटारमा रोकिएका छन् ।

रोशी गाउँपालिका–११ तालढुंगास्थित भ्याकुरे खोलामा एउटा ईभी भ्यान फसेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.