लुम्बिनी सांसद गुरुङले दिइन् राजीनामा

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३०, मंगलबार १२:०५

काठमाडाैं । लुम्बिनी प्रदेश सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनी जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।

सभामुखलाई सम्बोधन गर्दै उनले राजीनामा दिएकी हुन् । जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको उनले लेखेकी छन् ।

‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.