बेपत्ता युवक मृत अवस्थामा भेटिए

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३०, मंगलबार १४:०३

विराटनगर ।  ताप्लेजुङको मेरिङदेन गाउँपालिका–१ तावाखानी मेलामा गएदेखि बेपत्ता भएका मैवाखोला गाउँपालिका १ का ३४ वर्षीय मनु भनेर चिनिने मनोज थोप्रा मृत भेटिएका छन् ।

मैवाखोला गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङका अनुसार मेरिङदेन–२ सान्थाक्रा पौवा पुछार नजिक मृत अवस्थामा भेटिएका हुन् । उनी हराएपछि परिवार, गाउँले र प्रहरीले खोजी तीव्र बनाएका थिए । प्रहरीले हुलिया सार्वजनिक गरेको थियो ।

‘मेलामा गएका थिए, मापसे गरेर खेतको भित्तामा सुतेको सुतेकै भएको जस्तो देखिएको छ,’ प्रवक्ता तामाङले भने । उनको शव खेतमा भेटिएको हो । कानुनी प्रक्रियाका लागि शव प्रहरी निगरानीमा रहेको तामाङले बताए । प्रहरीले भने पोष्टमार्टम पछि परिवारलाई शव बुझाउने भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.