काेशीका मुख्यमन्त्रीको कार्यकक्षमा मोबाइल लैजान राेक

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३०, मंगलबार १९:५९

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकक्षमा मोबाइल लिएर जान रोक लागेकाे छ । कार्कीको सचिवालयले मुख्यमन्त्रीकाे कार्यकक्षमा मोबाइल लिएर जान रोक लगाएको हो ।

मुख्यमन्त्रीलाई भेट्न जानेले उनको कार्यकक्ष बाहिर मोबाइल राख्नुपर्छ । मोबाइल राख्नका लागि प्लाष्टिकको बकेट राखिएको छ । बकेटमाथि भित्तामा ‘मोबाइल फाेन यता’ लेखिएकाे छ ।

मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइटेलले डेढ महिनायता मोबाइल लैजान रोक लगाइएको बताए । सुरक्षा सतर्कताका लागि मोबाइल लैजान रोक लगाएको उनकाे दाबी छ ।

‘कार्यलयका बाहिरी संरचना बन्दैछन्,’ उनले भने,‘ जसले गर्दा बाहिर चोकजाँच हुँदैन, सुरक्षा सतर्कताका लागि कार्यकक्षमा मोबाइल लैजान रोक लगाइएको छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.