१४ जिल्लाका सुरक्षा प्रमुखलाई गृहमन्त्रीले भने,‘३० दिन भित्र तस्करी रोक्नू’

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३१, बुधबार १२:०६

विराटनगर । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुरक्षा अधिकारीहरुलाई ३० दिन भित्र देखिनेगरी तस्करी राेक्न निर्देशन दिएका छन् । बुधबार प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सीमा क्षेत्रबाट हुने तस्करी ३० दिन भित्र रोक्न निर्देशन दिएका हुन् ।  गोष्ठीमा १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरु सहभागी छन् ।

‘तस्करी तुरुन्त रोक्नुहोस, यसका लागि एक्सन प्लान बनाउनुहोस्,’ उनले भने,‘ सीमा क्षेत्रमा हुने तस्करीले अपराध बढाएको छ, राजस्व घटाएको छ ।’

केही मानिस रातारात गैरकानुनी ढंगले धनी हुने राज्यको राजस्व घट्ने अवस्था रहेकाे उनले बताए । ‘आजको ३० दिन भित्र अनुभूति हुनेगरी देखिनेगरी तस्करी रोकिनुपर्छ, तपाईहरुले एक्सनन गर्नुहोस्,’ उनले भने,’ यदी तपाईहरुले रोक्ने एक्सन गर्नुभएन भने गृह मन्त्रालय अर्काे एक्सनमा जान्छ ।’

विराटनगरका निजी क्षेत्रको ठूलो गुनासो रहेको बताउँदै उनले तत्काल अनुभुति हुनेगरी तस्करी रोक्न निर्देशन दिए । उनले तस्करीले  राजस्व घटाउनुका साथै अपराध पनि बढाएकाे  बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.