सर्वोच्चले खोज्यो रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३१, बुधबार १४:३८

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण खोजेको छ । सर्वोच्चले पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको हो ।

मिश्रकी पत्नी सरिका कार्कीले पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासले बुधबार मिश्रलाई अदालतमा स–शरीर उपस्थित गराउनसमेत आदेश दिएको छ ।

सर्वोच्चको आदेशपछि अब मिश्रलाई अनुसन्धानको मिसिलसहित अदालतमा उपस्थित गराउनुपर्ने हुन्छ । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेको थियो ।

हिंसात्मक प्रदर्शनपछि प्रहरीले मिश्रसहित दुर्गा प्रसाईं लगायतलाई पक्राउ गरेको थियो । मिश्रमाथि प्रहरीले राज्यद्रोह, संगठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.