पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १, बिहीबार ०६:१५

काठमाडौं । नेपाल सरकारका सहसचिव शोभाकान्त पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय लिइएको छ ।

मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अवकाश पाएपछि सचिव पद रिक्त थियो ।

सचिव सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त १ सचिवमा बढुवा गर्न सहसचिव पौडेलको नाम सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले लिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.