झापामा हावाहुन्डरीले घर भत्काउँदा १ जनाको मृत्यु

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १, बिहीबार ०६:४२

विराटनगर । झापामा हावाहुन्डरीले घर भत्काउँदा १ जनाको मृत्यु भएको छ । भत्किएको घरले किचेर हल्दिबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार घटना बुधबार राति ११ः५० बजेतिरको हो । अचानकको हावाहुन्डरीले मगरको कर्कटपाताको छानो भएको टाँडेघर भत्काएको थियो ।

हुरीले भत्काउँदा घरमै सुतिरहेका मगरको बिमले किचेर मृत्यु भएको डीएसपी खड्काले बताए । उनका अनुसार घरको बिमले किचिरहेको देखेर स्थानीयले उद्धार गरेका थिए । बाहिर निकालेर हेर्दा मगरको मृत्यु भइसकेको थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि अस्पताल लगेको छ । प्रहरीका अनुसार झापामा यो वर्ष हावाहुरीले गरेको यो नै पहिलो मानवीय क्षति हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.