यस्तो छ आजको मौसम, कहाँ–कहाँ हुँदैछ वर्षा ?

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १, बिहीबार ०६:५०

काठमाडौं । मुलुकभर हाल पश्चिमी तथा स्थानीय वायु एवं बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभिन्न वायुको प्रभावका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज (बिहीबार) आंशिकदेखि साधरणतया बदली रही देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा आज बिहानैदेखि चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

देशको पहाडी भू–भागमा दिउँसो आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी पहाडी भू–भागका १–२ स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्छ । चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.