संविधान संशोधन गरी बजेट ल्याइने मिति सार्न प्रस्ताव

Share this
737shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १, बिहीबार १४:४२

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले जेठ १५ गते ल्याइने बजेटको मिति सार्न प्रस्ताव गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

हरेक वर्ष सरकारले बजेट जेठ १५ गते संसदमा प्रस्तुत गर्ने गर्दछ । जेठ १५ गते गणतन्त्र दिवस भएकाले बजेट ल्याइने मिति सार्न सांसद निधिले आग्रह गरेका हुन् ।

उनले गणतन्त्र र बजेट दुई वटा शब्दावलीको अन्तरनिहित अर्थ हेर्दा गणतन्त्रको महत्व धेरै हुने उल्लेख गरे । संविधानमै लेखिएको कारणले बजेट १५ गते नै ल्याउने गरिए पनि संविधान संशोधन गर्दा त्यसमा पनि संशोधन हुनुपर्ने निधिको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.